सत्ता साझेदार नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।
सैन्य सम्झौता गर्ने अमेरिकी प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको सार्वजनिक भएपछि नेपाललाई भेट्न श्रेष्ठ कोटेश्वर निवास पुगेका थिए।
अमेरिकी सैन्य सम्झौता गर्ने प्रस्ताव नेपाली सेनाले अस्वीकार गरिसकेको छ।
‘अमेरिकी सेनाले राखेको सैन्य सम्झौता प्रस्ताव लगायत विषयले हाम्रो राष्ट्रियता कमजोर पार्ने प्रयास भएको छ, त्यहीबीचमा उहाँहरूबीच छलफल भएको हो,’ स्रोतले भन्यो, ‘पछिल्ला दिनका गतिविधि सार्वभौम नेपालको लागि राम्रो छैन।’
माओवादी नेता श्रेष्ठले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।नेपालखबर
फेसबुक प्रतिक्रियाहरु