शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • झाँक्रीले भनिन्– मन्त्रीबाट फिर्ता बोलाउने कुरा जानकारी छैन
समाचार

झाँक्रीले भनिन्– मन्त्रीबाट फिर्ता बोलाउने कुरा जानकारी छैन

काठमाडौं । एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले जानकारी नपाएको पाइएको छ ।

समाजवादी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफुलाई फिर्ता बोलाउने निर्णयबारे कुनै जानकारी नभएको बताइन् ।  संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, “फिर्ता बोलाउने कुरा मलाई थाहा छैन । शीर्ष नेताहरुको निर्णय उहाँहरुलाई नै सोध्नुस् ।”

विज्ञापन

पार्टीको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार आजको बैठक यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर भोलि नै निर्णय कार्यान्वयन हुने उनको भनाइ थियो । बाह्रखरी

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस