आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • घनश्याम भुसाल प्रकरण :कार्वाही नगर्न बहुमत नेताको एमाले अध्यक्ष ओलीलाई दबाव
समाचार

घनश्याम भुसाल प्रकरण :कार्वाही नगर्न बहुमत नेताको एमाले अध्यक्ष ओलीलाई दबाव

नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसाललाई कार्वाही गर्ने तयारी भएको छ । एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले कार्वाहीका लागि पत्र लेखिसकेका छन् ।

भुसालले एउटा निजी टेलिभिजनसंगको अन्तरवार्ता क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीकै कारण स्थानीय निकायको निर्वाचनमा पराजय भोगेको भन्दै त्यसको जिम्मेवारी लिंदै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

विज्ञापन

उनको उक्त धारणापछी एमालेको अनुशासन आयोगको बैठक बसेर उनलाई कार्वाहीका लागि सिफारीस गर्ने निर्णय भएको थियो । सुरुमा आयोगको सिफारिसले सिधै कार्वाही गर्ने तयारी भएपनि पार्टीभित्रै नेताहरुले त्यसमा विरोध जनाएपछी सचिवालय बैठकमा प्रस्ताव लिने तयारी छ ।

विज्ञापन

पार्टीका अधिकांश सिनियर नेताहरुले अहिलेको परिस्थितीमा कार्वाही गर्ने निर्णय गर्न नहुने धारणा राखेकाले पनि अध्यक्ष ओली ब्याक हुने सम्भावना समेत छ ।

के भनेका थिए भुसालले ?
स्थानीय चुनावपछि गत जेठ ८ गते हिमालय टेलिभिजनबाट प्रसारण भएको यक्ष प्रश्न कार्यक्रममा राजेन्द्र बानियांसंग अन्तरवार्ता दिँदै भुसालले अध्यक्ष ओलीको आलोचना गरेका थिए । उनले पार्टी नेतृत्व असफल भएको भन्दै उनको कडा शव्दमा आलोचना गरेका थिए ।

भुसालले नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएको टिप्पणी गरेका थिए । उनले भनेका थिए ‘नेतृत्वले अझ बर्बाद पार्न खोजेको थियो, तर जनताले इतिहासको हाम्रो मूल्याङ्कन गरे । आज हामीले जुन मत प्राप्त गरेका छौं, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन ।’

भुसालले हिमालय टेलिभिजनमा दिएको अन्तरवार्ताको प्रश्नउत्तर सबै उतारेर आयोगले सचिवालय बैठकमा पठाउने तयारी गरेको छ । त्यसैका अधारमा पत्र तयार भएको स्रोत बताउंछ ।

भुसाललाई कार्वाहीको पार्टीभित्रै विरोध
एमाले अध्यक्ष ओलीका आलोचक मानिएका नेता भुसाललाई कार्वाही गर्ने तयारी छ । आफु निकट नेता केशव बडाल अनुशासन आयोगको अध्यक्ष भएपछी ओलीले उनलाई बैठक बसेर कार्वाही सिफारिस गर्न भनेको स्रोत बताउंछ । तर, ओली निकट नेताहरु नै पार्टीलाई अझै एकतावद्ध गरेर लैजानुपर्ने बेला उनलाई कार्वाही गर्न नहुने पक्षमा छन् ।

एमाले सचिव योगेश भट्टराईले त सार्वजनिक रुपमै त्यसको विरोध गरिसकेका छन् । भट्टराईले सामाजिक संजालमा लेखेका छन् ‘ अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि कृया र प्रतिकृयाले सहि ठाउँमा पुर्याउँदैन । फेरी पनि बादे बादे जायते तत्व बोध !’

भुसाललाई कार्वाही गर्ने पार्टी अध्यक्ष ओलीको प्रस्तावमा उनि पक्षिय नेताहरु नै सहमत हुने सम्भावना कम छ । उनलाई कार्वाही गर्न एमालेको सचिवालय बैठक बस्नुपर्ने हुन्छ । एमालेको सचिवालय १९ सदस्यिय छ । त्यसमा बहुमत पुग्नुपर्ने हुन्छ । त्यसका लागि कम्तिमा १० जना आवश्यक हुन जान्छ ।

भुसालको पक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई देखिएका छन् । भुसाललाई कार्वाही गर्ने निर्णयको विरुद्धमा पृथ्वीसुब्बा गुरुङ,सुवास नेम्बाङ,विष्णु पौडेल, र प्रदिप ज्ञवाली समेत उभिने सम्भावना छ ।

के भन्छन् भुसाल ?
भुसालले भने आफु आफ्नो कुरामा प्रष्ट रहेको बताएका छन् । उनले आफुलाई कारबाहीको सिफारिसबारे कुनै जानकारी नभएको भन्दै आफु आफ्नो कुरामा प्रष्ट रहेको बताए । उनले पार्टीका मुख्य नेताले नै पार्टी बिगार्ने काम गरेको भन्दै बरु त्यसमा छानविन हुनुपर्ने बताएका छन् ।

‘मेरो चिन्ता एमाले बिग्रियो वाम आन्दोलन कमजोर भयो भन्ने हो । हाम्रो सबैको पोजिसन एमालेको जीवनभित्र छ । व्यक्तिहरुको जीवन पार्टीभित्र खोज्नुपर्छ । वाम आन्दोलन र एमालेको नीति सिद्धान्तभित्र मैले त्यो जीवन खोजिरहेको छु । त्यसैले म आफ्नो कुरामा स्पष्ट छु । ’भुसालले भने ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस