शनिबार, जेष्ठ २५, २०८२
  • होमपेज
  • समाचार
  • बालुवाटारमा गठबन्धन एक भएपछि ओलीले दिए आफ्ना सांसदलाई यस्तो निर्देशन
समाचार

बालुवाटारमा गठबन्धन एक भएपछि ओलीले दिए आफ्ना सांसदलाई यस्तो निर्देशन

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धनले स्थानीय तहको नतिजा सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले नतिजा सन्तोषजनक भएको निष्कर्ष निकाल्दै जिल्ला समन्वय समिति र कार्यपालिकामा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

विज्ञापन

बैठकले ७७ वटा जिल्ला समन्वय समिति र कार्यपालिकामा सहमति गरेर अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।

विज्ञापन

‘अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा पाँचदलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन गर्ने निर्णय गरिएको छ,’ शीर्ष नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

सोमबारको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायत नेताहरूको उपस्थिति थियो ।

चुनावपछि गठबन्धन टुट्छ, चुनावी नतिजाले अहिलेको सरकार ढल्छ भन्ने अभिव्यक्ति दिँदै आएका एमाले अध्यक्ष केपी ओली पाँचदलीय गठबन्धन अझ सशक्त ढंगले जाने भएपछि संकटमा परेका छन् ।

सोमबार बालुवाटारमा बसेको बैठकले जिल्ला समन्वय समिति र कार्यपालिकामा पनि तालमेल गरेर जाने भएपछि साँझ बसेको एमाले संसदीय दलको बैठकमा ओलीले अहिलेको सरकारले ल्याएको बजेटको भण्डाफोर गर्न आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।

आजदेखि संसदको बैठकमा बजेटमाथि छलफल सुरु हुँदैछ । अहिलेको सरकारले ल्याएको बजेट वास्तविक र धरातलीय यथार्थमा रहेर आएपछि एमालेमा छटपटी बढेको हो ।

यसैबीच, चुनावी समीक्षाका लागि मंगलबार कार्यदल बैठक बस्ने भएको छ । कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेर समीक्षा गर्न लागिएको हो । बैठकमा निर्वाचन हुन बाँकी कार्यपालिका र जिससको विषयमा छलफल हुने पौडेलले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस