बिहिबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • समाचार
  • सरकारले ल्याएको बजेटबाट महेश बस्नेत खुसी, एमाले दुःखी
समाचार

सरकारले ल्याएको बजेटबाट महेश बस्नेत खुसी, एमाले दुःखी

Renu Dahal

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९–०८० बजेटप्रति एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले खुसी ब्यक्त गरेका छन् । संसदमा बजेट भाषण सकिएलगत्तै सामाजिक सञ्जाल मार्फत उनले अर्थमन्त्रीलाई धन्यवाद दिएका छन् । अघिल्लो सरकारले ल्याएको भक्तपुरका योजनाहरु यो सरकारले पनि समावेस गरेको भन्दै उनले खुसी ब्यक्त गरेका हुन् ।

 

विज्ञापन

सूर्यविनायक धुलिखेल ६ लेन सडक निर्माण, कोटेश्वर अन्डरपास निर्माण, साँगा सुरङ्ग मार्ग डीपीआर निर्माण, दधिकोट सहरी खानेपानी आयोजनालाई निरन्तरता दिएको भन्दै अर्थमन्त्रीलाई धन्यवाद दिएका छन् । साथै उनले भक्तपुरमा विभिन्न १५ शीर्षकमा भक्तपुरका लागि अघिल्लो सरकारले राखेको २० अर्ब बजेट बढीका कार्यक्रमहरु नकाट्न पनि अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

विज्ञापन

उता एमालेका पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल र सुरेन्द्र पाण्डेले भने प्रस्तुत बजेटको आलोचना गरेका छन् । उनीहरुले चुनावलाई प्रभाव पार्नेगरी बजेट ल्याएको र बजेट हावादारी भएको कटु टिप्पणी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस