काठमाडौं । आइतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहाडमा ठोक्किएर टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमको लागि आइतबार विहान ९ः५५ बजे उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दु’र्घ’टनाग्रस्त अवस्थामा फेला परेको हो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । स्थानीयहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको सिलवालले बताए ।
विज्ञापन
नेपाली सेनाको टोली दुर्घटनास्थलतिर गइरहेको छ । प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दु’र्घ’टनास्थलमा पठाउने तयारी भइरहेको सेनाले बताएको छ । लेकमा यार्सागुम्बा संकलकले फेला पारेका थिए दु’र्घ’टनामा परेको जहाज फेला पारेको बताइएको छ ।
विज्ञापन
जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।
वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरेले विमान उडाएको थिए । विगत २५ वर्षदेखि विमान उडाइरहेका क्याप्टेन घिमिरेले निकै अनुभवी भएको तारा एयरले जनाएको छ । फिलिपिन्सबाट अध्ययन सकेर को पाइलटको रुपमा उक्त विमानमा रहेका रुकुम पश्चिम चौरजहारी नगरपालिका घर भएका उत्सव पोखरेल थिए ।
त्यसैगरी विमानमा एयरहोस्टेज क्रिस्मी थापा पनि थिइन् । विमान हराएपछि थापाकी सहकर्मीहरु उनलाई सम्झिरहेकी छन् । सहकर्मीहरुका अनुसार एयरहोस्टेज थापा मिलनसार हुनुको साथै अनुशासित पनि थिइन् ।
तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको हो ।
जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।
दु’र्घ’टनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।
फेसबुक प्रतिक्रियाहरु