काठमाडौं। नागरिक समाजका अगुवा एवं मानवअधिकारवादी नेता कृष्ण पहाडीले नेताहरुको गलत आचरणबाट लोकतन्त्रलाई ख’त’रा रहेको बताएका छन् ।
पहाडीले भने, “जेठ १५ गणतन्त्र दिवस हो । गणतन्त्रमा हामीले के पायौ, के गुमायौं रु कहाँ कहाँ चुक्यौ रु आज स्वीकारोक्ति गर्नुपर्ने दिन हो । आज पनि लोकतन्त्रलाई नेताको आचरणबाट ख’त’रा छ ।
विज्ञापन
लोकतान्त्रिक गणतन्त्रको केन्द्रविन्दु जनता हन् । जनताले नेतालाई पुरस्कृत मात्र गरे, दण्डित गरेनन् । सुखद पक्ष के हो भने कम्तीमा आजको युवा पुस्ताले नेताको विकल्प खोज्छ तर लोकतन्त्रको विकल्प खोज्दैन ।”
विज्ञापन
नेताहरु छाडा भए पनि लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुने उनले औंल्याए । पहाडीले भने, “नेताहरु छाडा भएको यथार्थ हो । मुलुकमा राजतन्त्र गयो तर नेताहरुले आफूलाई राजतन्त्रलाई संस्थागत गरे । उनीहरुले आफूलाई मालिक ठान्न थालेका छन् ।
जनताले चुनावबाट धक्का दिनुपर्ने हो । त्यसो हुन सकेको छैन । तर कृष्ण पहाडीको ओछ्यानमुनि बम पड्काउनुपर्छ भन्ने नेत्रविक्रम चन्द पनि निर्वाचनमा आउनुभयो । यो नै लोकतन्त्रको सौन्दर्य हो । अब गणतन्त्र कसैले फाल्न सक्दैन ।”
कार्यक्रममा उनले २०४७ देखि अहिलेसम्म भएका प्रधानमन्त्री र मन्त्रिपरिषद् अध्यक्षहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । पहाडीले भने, “उनीहरु राज्यको सुरक्षामा बसेका छन् । अगुवापछुवा लगाएर हिँडेका छन् । तिनको राजनीतिक गुजाराका लागि जे मन लाग्यो, त्यही काम भएको छ । अब २०४७ देखि अहिलेसम्म भएका जीवित प्रधानमन्त्री र मन्त्रिपरिषद् अध्यक्षहरुको सम्पत्ति छानबिन गर्नुपर्छ ।”
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको फैसला विरुद्ध अराजक अभिव्यक्ति दिने सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल पदमुक्त गर्नुपर्ने पनि पहाडीले औंल्याए ।
उनले भने, “सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन विधि हुन्छ । एउटा मर्यादा वा सीमामा बसेर असहमति जनाउन सकिन्छ । मन्त्री रामकुमारी झाँक्री गालीगलौज गर्नु नै पुरुषार्थ हो भन्नु ठानेर अराजक ढंगले फैसलाको विरोधमा उत्रिनुभएको छ । अहिले त खड्गप्रसाद ओली र उहाँमा केही फरक भएन ।
दुई पटक संसद् विघटन गरेर पनि ओलीले गल्ती स्वीकार्नुभएको छैन । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले आफ्नो स्वास्थ्य मन्त्रीलाई एक प्रतिशत कमिसन मागेको थाहा पाएपछि पदमुक्त मात्र गर्नुभएन, पुलिसको जिम्मा लगाउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो सामथ्र्य राख्नुहुन्छ कि हुन्न रु मन्त्री भएर अराजकताको खेती गर्नेहरुबाट पनि लोकतन्त्रलाई उत्तिकै ख’त’रा छ ।”
नेताहरु गैरजिम्मेवार भएर प्रस्तुत हुँदा मुलुकले दुःख पाउने पनि पहाडीले बताए । उनले भने, “संसद्मा खड्गप्रसाद ओलीले अमेरिकी मन्त्रीले शरणार्थी शिविरमा गएर चीनविरुद्ध भड्काएको अभिव्यक्ति दिनुभएको छ ।
सत्य के भने चीन हाम्रो छिमेकी हो । तर चीनमा लोकतन्त्र छैन । शरणार्थी भड्किएको भन्ने कुराले अमेरिका र चीनको द्वन्द्व निम्तिन सक्छ । यसले नेपालको लोकतन्त्र मात्र होइन, अरु बेकाइदा हुन सक्छ ।
संसार दुई ध्रुवमा बाँडिएर ध्वस्त हुन सक्छ । सात हजार किमी टाढाको रुस र युक्रेन यु’द्ध’को नेपालमा दुष्प्रभाव परेको छ भने दुई ठूला छिमेकीको वा चीन र ताइवानको युद्ध भयो भने के होला रु नेताहरुले कहिले सोच्ने ?”
फेसबुक प्रतिक्रियाहरु