सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • एमाले जनताप्रति इमान्दार नभएर जनताले गठबन्धन रोजेः बानियाँ
समाचार

एमाले जनताप्रति इमान्दार नभएर जनताले गठबन्धन रोजेः बानियाँ

हेटौंडा । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संघ र प्रदेश सरकार चारवर्ष सञ्चालन गर्दा नेकपा एमालेले जनताप्रति इमान्दार भएर काम नगरेका कारण जनताले गठबन्धन रोजेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै बानियाँले सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जोसँग पनि चुनावी तालमेल गरेको आरोप समेत लगाएका छन् । ‘भन्नलाई हामी एक्लै लड्यौ भनेका छन् । तर, नौवटा दल मिलेको सबैलाई थाहा छ’ उनले भने ‘कतै कमल थापा, कतै राजेन्द्र लिङ्देनसँग मिलेको हामीलाई थाहा नै छ ।गठबन्धन गर्ने पार्टी नै नपाएपछि दोबाटेसँग पनि एमालेले तालमेल गर्‍यो ।’

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस