मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • मन्त्री आलेले पोखराका मेयर आचार्यको प्रशंशा गर्दै भनेः हुने विरुवाको चिल्लो पात
समाचार

मन्त्री आलेले पोखराका मेयर आचार्यको प्रशंशा गर्दै भनेः हुने विरुवाको चिल्लो पात

काठमाडौं। पर्यटनमन्त्री प्रेमबहादुर आलेले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य निर्वाचित नहुँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि गृहकार्यमा लागिसकेको बताएका छन् । उनले आचार्य मेयर निर्वाचित हुने भएसँगै काठमाडौं पुगेर विमानस्थल खुलाउनका लागि सम्बन्धित मन्त्रीहरुलाई समेत भेटेर कुराकानी गरिसकेको बताए ।

‘हुने विरुवाको चिल्लो पात भनेझैं निर्वाचित हुने भएसँगै मलाई फोन गरेर भेट्न आउँछु वन, भौतिक र अर्थमन्त्रीज्यूहरुसँग पनि समय मिलाइदिनुहोस् भन्नुभयो,’ आलेले भने,‘मैंले अहिले नै नआउनुहोस् भन्दा आएर राति अबेरसम्म धाएर भेट्नुभयो ।’

विज्ञापन

पोखराले काम गर्ने मेयर पाएको बताउँदै विमानस्थल चलाउन आवश्यक कार्य अगाडि बढाइहाल्ने बताए । ल्यान्डफिल्ड साइटको काम पनि अगाडि बढ्ने बताए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस