मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • ‘मेरो नाममा रिजर्भ बैंकमा ४० अर्ब पैसा रहेछ भने ती विद्वानको नाममा सारिदिनुस्’
समाचार

‘मेरो नाममा रिजर्भ बैंकमा ४० अर्ब पैसा रहेछ भने ती विद्वानको नाममा सारिदिनुस्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण चलअलच सम्पत्ति राज्यलाई बुझाउने घोषणा गरिसकेको व्यक्तिमाथि अनियमितताको आरोप लगाइएको भन्दै गुनासो गरेका छन् । साथै वाइड बडी, ३३ किलो सुनकाण्डको छानबिन गर्न पनि उनले चुनौती दिए ।

बिहीवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफूमाथि अनियमितताको आरोप लगाउने पूर्वप्रधामन्त्रीहरूलाई सम्पत्ति राज्यलाई दिने घोषणा गर्न चुनौती समेत दिए ।

विज्ञापन

‘एक जना पत्रकारले केपी ओलीसँग २ खर्ब रुपैयाँ छ भनेर एकजना विद्वानसँग अन्तर्वार्ता गरेको सुनें । ती विद्वानले पनि थाहा भएजस्तो गरेर २० देखि ४० अर्ब रुपैयाँ छ भने । उनले बडो एकिन साथ भने रिजर्भ बैंकमा छ भनेर,’ ओलीले भने, ‘म संसद्को रोस्ट्रमबाट भन्न चाहन्छु, मेरो नाममा रिजर्भ बैंकमा भएको पैसा तिनै व्यक्तिको नाममा सारिदेओस् ।’

विज्ञापन

भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमले ओलीसँग २० देखि ४० अर्ब रुपैयाँ रहेको दाबी गरेका थिए । संसद्मा ओलीले उनको नाम भने लिएनन् ।

ओलीले आफू र श्रीमतीको सम्पत्ति राज्यलाई दिने घोषणा गरिसकेको अवस्थामा कसैलाई भ्रष्टाचार गर्न छूट नदिने बताए ।

‘मैले चलअचल सम्पत्ति राष्ट्रको नाममा गरेको छु, आफ्नो सम्पत्ति राज्यलाई दिनेले अर्कोलाई किन खुवाउने ?’ ओलीले प्रश्न गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस