शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • करोडको गाडी चढ्दा जनताको समस्या देखिँदैन, मोटरसाइकल चढ्दा देखिन्छ : साम्पाङ
समाचार

करोडको गाडी चढ्दा जनताको समस्या देखिँदैन, मोटरसाइकल चढ्दा देखिन्छ : साम्पाङ

ठूला राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।

उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका हुन् ।

विज्ञापन

‘म करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँड्न चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु,’ उनले भने ।

विज्ञापन

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले समस्या परे फोन गर्न आफ्नो निजी नम्बरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई कल गर्नुहोला (९८१९०१२३७१ र ९७४६९६५१९८), तपाइँको सेवक, जय धरान,’ उनले लेखेका छन् ।

उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को १ ज ६४० नम्बरको आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ । चालक पनि तयारी अवस्थामा छन् ।

यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । ‘हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो,’ उनले भने ।

लामो समयदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए । मंगलवार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएका छन् ।

राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन् । कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस