चितवन । पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुर महानगरपालिका प्रमुखका उम्मेद्वार रेनु दाहालले अब बन्ने सडक ड्रेनसहितको हुने बताउनुभएको छ ।
भरतपुर वडा नम्बर १० को संयुक्त गठबन्धनको सम्पर्क कार्यालय उद्घाटनपछिको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
विज्ञापन
दाहालले यसअघि पनि पुलचोक–गोन्द्राङ ६ लेनसडक, बाईपास रोड, प्रचण्डमार्ग र केही भित्री सडकहरुमा डे«न निर्माण भएको उल्लेख गर्नुभयो ।
विज्ञापन
भरतपुरको कोर एरियामा ड्रेनसहितका सडक अहिले पनि छन्, अन्य सडकहरुमा पनि ड्रेनसहित स्र्माट लाईट पनि जडान हुने कार्य भइरहेका छन्–उहाँले भन्नुभयो ।
‘अब बन्ने सडक ड्रेनसहितका हुन्छन्,उहाँले भन्नुभयो,‘भरतपुरलाई अब सफा र हरियालीमा जोड दिन्छौ । वडामा एक वटा अनिर्वाय पार्क पनि निर्माण गर्छौ ।’
निवर्तमान मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउन आवश्यक पर्ने सुचकहरुलाई मध्यनजर राख्दै विकासको क्रमलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जनताको चहाना अनुसारको विकास नै महानगरको मुख्य प्रथामिकता रहने दाहालको भनाई थियो ।
फेसबुक प्रतिक्रियाहरु