चितवन ।
राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका नेता नारायण दाहालले केपी ओलीको प्रहसन र कपिल शर्माले चलाउने कमेडी क्लब उस्तै उस्तै भएको बताउनु भएको छ । पाँच दलीय गठबन्धनले आईतबार भरतपुर १५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले केपी ओलीको भाषण र कपिल शर्मा सो हेर्दा एकछिनको रमाईलो हुने बताउनुभयो ।
विज्ञापन
ओलीको प्रहसनले उनका कार्यकतालाई एकछिन रमाईलो लाग्छ, कपिल शर्मा सो हेर्दा दर्शकहरु एकछिन रमाईलो मान्छन्–दाहालले भन्नुभयो ।
विज्ञापन
पहिलो संविधान सभा सदस्य समेत रहेका दाहालले एमालेको तर्फबाट मेयरका उम्मेद्वार विजय सुवेदीले १५ वर्षअघि पनि गुरुयोजनाकै कुरा गर्ने गरेको र अहिले पनि गुरुयोजनाको कुरा गरिरहेको उल्लेख गर्नुभयो । सधै उहाँ गुरुयोजनाको रटान लगाउनुहुन्छ, उहाँले भन्नुभयो,‘उहाँ संसाददेखि मन्त्रीसम्म भईसक्नु भयो । अहिले पनि १५ वर्ष पुरोनो गुरुयोजना सुनाउदै हिड्नु हुन्छ । अहिलेसम केही भएको छैन ।’
केपी ओलीको पानी जहाज, घर घरमा ग्याँसका कुरा जस्तै विजय सुवेदीको पनि त्यही लय, शैली, भाषा एउटै तरिकाको छ, कुनै फरक पाईन । प्रगति भन्ने कुरा पाईन्–उहाँले भन्नुभयो ।
फेसबुक प्रतिक्रियाहरु