आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • ओलीको तानाशाही रोक्न गठबन्धन : कांग्रेस नेतृ आरजु
समाचार

ओलीको तानाशाही रोक्न गठबन्धन : कांग्रेस नेतृ आरजु

नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले अहिलेको गठबन्धन नेपाल जनताको घर भएको बताएकी छन् । नेतृ आरजुले धनगढीमा भएको पत्रकार सम्मेलनमा भनिन्, ‘गठबन्धन घरजस्तै भएको छ । नेपाली जनताको सुरक्षा हो । यो संयुक्त लडाइँ हो । विचारको लडाइँ हो । हामीले परिकल्पना गरेको समृृद्धि यसैमा रहेको छ । त्यसले गर्दा प्लिज गठबन्धनमा भोट हाल्दिनुहोस् ।’

 

विज्ञापन

उनले गठबन्धन कुनै व्यक्ति विशेषका लागि गठबन्धन नबनेको दाबी गरिन् । ‘यहाँ विभिन्न अफवाह फैलाएको पाइएको छ । व्यक्ति विशेषलाई फाइदा हुने गरी गठबन्धन बनाएको छ’, पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सबैतिर भएको बदमासी रोक्न गठबन्धन बनेको हो । यो गठबन्धन कसैको व्यक्तिगतका लागि बनेको होइन ।’ उनले केपी ओली विरुद्धको तानाशाह रोक्नलाई पनि गठबन्धन भएको स्पष्ट पारिन् ।

विज्ञापन

नेतृ राणा देउवाको निर्वाचन क्षेत्र समेत रहेको कैलालीमा गठबन्धनमा रहेका दलहरू इमानदार बन्न समेत उनले आग्रह गरिन् । ‘कसैले हँसिया हतौडामा भोट किन हाल्ने समेत भन्नुहोला,’ उनले भनिन्, ‘यो वर्तमान आवश्यकता हो ।’

उनले धनगढी उपमहानगरपालिका मुलुककै उत्कृष्ट रहेको समेत बताइन् । धनगढी उपमहानगरपालिकामा पनि गठबन्धनकै उम्मेदवारहरूलाई जिताउन उनले आग्रह गरिन् ।

‘धनगढी समृद्धिको बाटोमा लम्किरहेको छ’ उनले भनिन्, ‘नृपबहादुर वडकै कारण धनगढीमा समृद्धि पलाएको हो । उहाँलाई जिताउन आवश्यक छ ।’ उनले पाँच वर्षमा धेरै विकास भएको बताइन् । पाँच वर्षमा नृप वडले गरेका कामको उनले खुलेर प्रशंसा गरेकी थिइन् ।

 

गठबन्धनको तर्फबाट धनगढीमा प्रमुखमा कांग्रेसका पूर्व मेयर समेत रहेका नृपबहादुर र माओवादीबाट शान्ति अधिकारी छन् । एमालेको तर्फबाट प्रमुखमा रण बहादुर चन्द र उपप्रमुखमा कन्दकला राना उम्मेदवार बनेका छन् । स्वतन्त्रतर्फ गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवार बलियो रुपमा प्रस्तुत भइरहेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस