गर्मी सिजनमा बढी रूचाइने फलफूलमध्येमा त’रबुजा पनि एक हो । बच्चादेखि वृद्धसम्मले निकै रूचीका साथ त’रबुजा खान्छन् । त’रबुजाको सेवनले शरीरलाई शितल हुनुका साथै ताजा तथा फुर्तिलो पनि बनाउँछ ।
हामी धेरैले तरबुजा खाएपनि त’रबुजाको बियाँ भने फालिरहेका हुन्छौँ । तर त्यो त’रबुजाको बियाँ स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन ।
विज्ञापन
तसर्थ, यहाँ तरबुजाको बियाँ सेवन गर्नुका केही फाइदाहरू चर्चा गरिएको छ ।
विज्ञापन
तरबुजाको बियाँको न्युट्रिशनल भ्यालु
त’रबुजाको बियाँमा आइरन, म्याग्नेशियम, जिंकका साथै स्वस्थ फ्याट हुन्छ । तरबुजाको ४ ग्राम बियाँमा करिब ०.२९ मिलिग्राम आइरन, २१ मिलिग्राम म्याग्नेशियम, पोलिअनसेचुरेटेड र मोनोअनस्याचुरेटेड फ्याटी एसिड समेत हुन्छ । यी सबै पोषक तत्वले शरीरलाई निकै फाइदा गर्छ ।
मोटोपनबाट राहत
त’रबुजामा निकै कम क्यालोरी पाइन्छ । करिब ४ ग्राम (एक मुठ्ठी) तरबुजाको बियाँ सेवन गर्दा वजन घटाउन मद्दत गर्ने चिकित्सकहरू बताउँछन् ।
ब्लड शुगरको लेभल नियन्त्रण
त’रबुजाको बियाँले ब्लड शुगर लेभल र इन्सुलिन रेजिस्टेन्स घटाउन सहयोग गर्छ । एक अध्ययनका अनुसार, तरबुजाको बियाँमा पाइने म्याग्नेसियमले ब्लड शुगर लेभल घटाउन सहयोग गर्छ ।
साथै मेटाबोलाइजिंग काब्र्सलाई समेत नियन्त्रण गर्न यसले काम गर्छ ।
सुन्दर छालाका लागि
म्याग्नेशियम, एन्टीअक्सिडेन्ट्स र जिंकजस्ता पोषक तत्वले भरिपूर्ण यस बीज शरीरको छालाका लागि निकै राम्रो हुन्छ ।
त’रबुजाको बियाँबाट निक्लने तेल केही स्किन केयर प्रोडक्ट्समा समेत प्रयोग गर्ने गरिएको पाइन्छ ।
तरबुजाको बियाँ खाने सही तरिका
त’रबुजाको बिजज निकालेपछि यसलाई भुट्नुपर्छ । त्यसपछि डिब्बामा राख्ने ।
यसलाई मर्निङ डाइटमा सामेल गर्न सकिन्छ । सलाद, ओट्स, टोस्ट लगायतमा मिसाएर समेत यसको सेवन गर्न सकिन्छ ।
एजेन्सी
फेसबुक प्रतिक्रियाहरु