बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • ओलीलाई परास्त गरेर फेरि वाम एकता हुन्छ : प्रचण्ड
समाचार

ओलीलाई परास्त गरेर फेरि वाम एकता हुन्छ : प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गरेर फेरि वाम एकता हुने बताए।

 

विज्ञापन

उनले भने, ‘केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्छ। अहिले परास्त गरेपछि फेरि वाम एकता हुन्छ। यो गठबन्धनलाई बलियो बनाएर वामपन्थीमध्येको एक नम्बरको कम्युनिस्ट पार्टी बनाउनुपर्छ। त्यसपछि गठबन्धन नयाँ सिराबाट अघि बढ्नसक्छ।’

विज्ञापन

उनले गठबन्धन पछिसम्म कायम रहने र यही गठबन्धनले देशलाई पार लगाउने दाबी गरे। उनले शान्ति प्रक्रिया र माओवादी पार्टी बचाउनलाई एमसीसीमा हस्ताक्षर गरेको स्पष्ट पारे। ‘शान्ति प्रक्रिया दुर्घटनामा जाने भयो, देश दु’र्घ’टनामा जाने भयो। माओवादी आन्दोलन भयावह हुने भयो। त्यही भएर एमसीसीमा हस्ताक्षर गरे। माओवादी आन्दोलन बचेको छ। देश बचेको छ।’

उनले यसअघि आफूहरुले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको बताए। ‘हामीले प्रस्ताव गरेको प्रधानमन्त्री संघीयताविरोधी, संविधानविरोधी थिए। संसद् विघटन गरेको हामी सबैलाई थाहा छ,’ उनले भने, ‘मेरै निर्वाचन क्षेत्रमा राम-सीता-लक्ष्मण राखिदिए। जाली, फटाहासँग त लड्न सक्दैन।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस