काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित सभामा अध्यक्ष नेपालले पार्टी नेतृत्वको ध्यान पनि निर्वाचनमा केन्द्रित भएको बताए । ‘वडा हुँदै टोलटोलमा कमिटी बनाउन ढिलाइ नर्गनुस्’, उनले भने, ‘जनताको घरदैलोमा गएर प्रचारप्रचार गरेर कलम चिह्नमा भोट माग्नुहोस् ।’
विज्ञापन
गठबन्धनमा सहभागी पार्टीहरुबीच निर्वाचनमा एकताबद्ध भएर जाने विषयमा वार्ता भइरहेको अध्यक्ष नेपालले उल्लेख गरे । ‘संविधान बचाउन र गणतन्त्र बचाउन चाहने पार्टी एक ठाउँमा उभिनेछन्’, यनले भने।
विज्ञापन
क्रान्तिकारी सोच बोकेर विद्रोहको झण्डा बुलन्द गरी अगाडि बढेको उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनबाट ७५३ पालिकामा करिब ३२ हजार जनप्रतिनिधि निर्वाचित हुने उनको भनाइ रहेको छ ।
‘गल्ती भयो भनेर महसुस गरी समाजवादीमा आउन आग्रह गर्छु’, बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्द लगायत जनप्रतिनिधिलगायतलाई पार्टीमा प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले यस्तो आग्रह गरेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु