काठमाडौं । एमाले अध्यक्ष केपी ओली देशभर अरु दलका पार्टी नेता, कार्यकर्ता भित्र्याउने कसरतमा लागेका छन् । माधव नेपाल र झलनाथ खनालको समूहले पार्टी छोडेर हिंडेपछि त्यसको क्षति न्यूनीकरण गर्न जसपा, माओवादी, राप्रपा, लोसपालगायतका नेता, कार्यकर्ता भित्र्याइरहेका छन् । तर, अध्यक्ष ओली आफै चाहिं आफ्नाे निर्वाचन क्षेत्र झापा ५ मा याे पटक कति सुरक्षित छन् भन्ने प्रश्न उठेको छ ।
एमालेको राम्रो प्रभाव भए पनि झापा– ५ मा कांग्रेस, माओवादी र राप्रपा पनि बलियो भएका कारण अध्यक्ष ओलीले क्षेत्र झापा ५ विकल्प खोज्न थालेकाे चर्चा सुरू भएकाे छ ।
विज्ञापन
एमाले नेताहरुका अनुसार, झापा ५ मा ओलीले चुनाव जित्नका लागि राप्रपाको साथ लिनुपर्ने हुन्छ । एमाले स्राेत भन्छ, राप्रपासँग तालमेल गर्ने वारेमा अहिलेसम्म प्रष्ट कुराकानी भइसकेको छैन ।
विज्ञापन
राप्रपा छोडेका कमल थापासँग सहकार्य गर्न एमाले अध्यक्ष ओली तयार देखिएका कारण राप्रपासँग तालमेल हुने संभावना कम रहन्छ । त्यस्तो अवस्थामा दमक क्षेत्रमा रहेका राप्रपाले कांग्रेस वा माओवादीको उम्मेदवारलाई मतदान गरेको अवस्थामा एमाले अध्यक्ष ओलीका लागि समस्या हुने टिप्पणी भइरहेको छ । त्यसो त, दमकमा प्रभावशाली माओवादी नेता गगन पुरी केपी ओली प्रधानमन्त्री हुँदा जग्गा विवादमा पक्राउ समेत परेका थिए ।
त्यसैकारण ओलीलाई थप मतमा समस्या पार्ने चर्चा पनि छ । क्षेत्र झापा ५ मा पुरी, गिरीलगायतका दशनामीको संख्या पनि निकै भएकाले एमाले अध्यक्ष ओलीविरुद्ध गठबन्धन दलहरु मिलेर अप्ठ्यारो पार्न सक्ने विश्लेषण झापामा भइरहेको छ ।
गत २०७४ निर्वाचनमा दमक नगरपालिकाे दलीय अवस्था अध्ययन गर्दा एमाले १०८०६, राप्रपा ७६५५, माओवादी ६८९८, र कांग्रेसकाे ५५३७ मत रहेकाे थियाे । कमल गाउँपालिकाे दलीय अवस्था चाहिं एमाले ८२७५, कांग्रेस पनि ८२७५ नै रहेकाे थियाे । गौरादह नपा कांग्रेस ९८५४, एमाले ५०७२ र माओवादीलाई २४४९ मत प्राप्त भएकाे थियाे । गौरीगञ्ज गापाकाे मत परिणाम चाहिं राप्रपा ३७४०, कांग्रेस ३४५३, माओवादी ३११८ र एमालेले जम्मा २१०४ मत पाएकाे थियाे ।
अध्यक्ष ओलीको क्षेत्रमा दमक र गौरादह नगरपालिका, कमल र गौरीगञ्ज गाउँपालिका पर्दछन् । २०७४ काे चुनावमा धेरै मतदाता भएको दमकको मेयर एमालेले झिनो मतले जितेको थियो । एमालेसँग राप्रपा र माओवादी केन्द्रले टक्कर दिएको थियो ।
राप्रपाका नेता राम थापाले दोस्रो मत ल्याएका थिए भने माओवादीका गगन पुरीले तेस्रो स्थान ल्याएका थिए । त्यसैले, थापाको समर्थन जुन पार्टीलाई हुन्छ त्यही पार्टीले दमकमा प्रभाव पार्ने बताइन्छ । थापा कांग्रेस प्रवेश गर्ने चर्चा पनि झापामा हाल चलिरहेको छ ।
त्यसैगरी, गौरीगञ्ज गाउँपालिकामा भने राप्रपाले जितेको छ । त्यहाँ राप्रपाका बाबुराजा श्रेष्ठ ३७४० मत ल्याएर निर्वाचन जितेका थिए । अचम्म चाहिं यो पालिकामा एमाले पाँचौ स्थानमा थियो । त्यसैले, राप्रपाको बलियो क्षेत्र भएकोले राप्रपाको साथ विना एमालेले यी क्षेत्रमा चुनाव जित्न गाह्रो पर्ने देखिन्छ । यद्यपि, गौरादह नगरपालिका भने एमालेको राम्रै मत भएको पालिकाको रुपमा चिनिन्छ ।
मेयर भने कांग्रेसका रोहितकुमार साहले जितेका छन् । कमल गाउँपालिका पनि एमालेको राम्रो प्रभाव भएको पालिका हो । त्यसैले, राप्रपाका राजेन्द्र लिङदेनसँग सहकार्य नगर्ने हो भने कमल गाउँपालिका र गौरादह नगरपालिकाको भोटले मात्रै अध्यक्ष ओलीलाई जिताउन नसक्ने भएकोले ओली झापाको २ नम्बरमा झर्ने चर्चा पनि सुरु भएको छ ।
यद्यपि, एमाले अध्यक्ष ओली भक्तपुरबाट महेश बस्नेतको क्षेत्रबाट चुनाव लड्ने चर्चा पनि उत्तिकै छ । झापाको ५ नम्बरबाट ५७ हजार १ सय ३९ मतसहित ओली विजयी भएका थिए । दोस्रो बनेका कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार मात्रै मत पाएका थिए ।
गत २०७४ निर्वाचनमा दमक नगरपालिकाे दलीय अवस्था अध्ययन गर्दा एमाले १०८०६, राप्रपा ७६५५, माओवादी ६८९८, र कांग्रेसकाे ५५३७ मत रहेकाे थियाे । कमल गाउँपालिकाे दलीय अवस्था चाहिं एमाले ८२७५, कांग्रेस पनि ८२७५ नै रहेकाे थियाे । गौरादह नपा कांग्रेस ९८५४, एमाले ५०७२ र माओवादीलाई २४४९ मत प्राप्त भएकाे थियाे । गौरीगञ्ज गापाकाे मत परिणाम चाहिं राप्रपा ३७४०, कांग्रेस ३४५३, माओवादी ३११८ र एमालेले जम्मा २१०४ मत पाएकाे थियाे ।
फेसबुक प्रतिक्रियाहरु