काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आजको परिवर्तनको प्रमुखवाहक माओवादी केन्द्र भएपनि शक्ति परिचालन गर्न नसकेको दुखेसो गरेका छन्। बुधबार दिउँसो बुद्धनगरमा नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय पुँजीको विकास गर्न र परिवर्तनको संवाहक बन्नका लागि संगठनमा आबद्ध हुन आग्रह गरेका हुन्।
विज्ञापन
विज्ञापन
‘आजको परिवर्तनको प्रमुख वाहक भनेको पनि माओवादी केन्द्र नै हो।’उनले थपे,‘तर यसबीचमा जति समाजमा हामीले आ’क्रमक ढंगले स्थापित गर्नुपर्ने हो गर्न सकेको छैन। कहिले आफैंभित्रको अन्तरविरोधमा रुमल्लिएर, कहिले विभिन्न गुटबन्दीभित्र हराएर हामीभित्र भएको क्षमता र शक्ति परिचालन गर्न जति गर्नुपर्ने हो, त्यति सकेका छैनौं।’ उनले वैचारिक, राजनीतिक, सांगठनिक र आर्थिक रुपमा आक्रमक भएर प्रस्तुत हुन निर्देशन दिए।
पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताउँदै प्रचण्डले उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियरलगायत सबैको प्रतिनिधित्व गराउने उल्लेख गरे। पार्टीमा उद्योग व्यवसायीहरु भएमात्र पार्टीको आर्थिक नीति, कार्यक्रम बनाउन सहज हुने भएकाले केन्द्रीय कमिटीमा समावेश गर्ने प्रचण्डले प्रतिबद्धता जनाए। उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताए। उनले परिवर्तनका एजेण्डा, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यो संगठन आवश्यकता रहेको बताए।
उनले नेपालको संविधानमा समावेशी लोकतन्त्र र मौलिक व्यवस्था रहेको धारणा राखे।
फेसबुक प्रतिक्रियाहरु