बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • गगन थापाले पारे विश्वप्रकाशलाई पछि
समाचार

गगन थापाले पारे विश्वप्रकाशलाई पछि

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पछि पारेका छन्। दुबैमा धेरै समानता छ, प्रस्ट विचार राख्न सक्ने कौशल छ, वाककलामा निपूर्ण छन् ।

थापा र शर्मा १४ औँ महाधिवेशनबाट समान कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका छन्। तर शीर्ष नेताहरुको छलफल, पार्टीबाट प्रतिनिधित्व गर्ने बैठकहरुमा गगन मात्रै देखिने गरेका छन् । के विश्वप्रकाश पार्टी भित्र छायाँमा परेका हुन् त भन्ने प्रश्न उब्जिएको छ ।

विज्ञापन

थापा र शर्मा कांग्रेसले मात्रै होइन देशले आशा गरेका जुझारु युवा नेता हुन् । राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेका बेला कांग्रेस कार्यकारी पदमा दुइ नेताको आगमनलाई धेरैले सकारात्मक रुपमा लिए ।

विज्ञापन

दुइ जनाले कसरी काममा समन्वयन गर्छन् भन्ने पनि धेरैको चासोको बिषय बन्यो । पछिल्लो समय खासगरि एमसीसी पारित गर्ने लगायतका राष्ट्रिय मुद्धाका बैठकहरुमा कांग्रेस शीर्ष नेतृत्वबाट प्रतिनिधित्व हुँदा थापाको उपस्थिति देखियो । त्यस्ता बैठकहरुमा बिश्वप्रकाश देखिएनन् ।

विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग बालकोटमै गएर वार्ता गर्नेमा पनि प्रधानमन्त्री देउवासंग थापा पनि हुन्थे । एमसीसी पारित गर्ने मुद्धामा थापाको सक्रियता रहेको राजनीतिक बृत्तमा चर्चा हुन्थ्यो ।

तर पार्टी केन्द्रीय समिति बैठकहरुमा पालैपालो एजेण्डा राख्ने गरेका दुइ महामन्त्री मध्ये एउटा अत्यधिक क्रियाशील र एउटा छायामा परेको जस्तो भयो भनेर पनि चर्चा भयो ।

संविधान सभाको दुइ कार्यकाल र प्रतिनिधि सभा सदस्यका रुपमा गगनले प्रभावकारी भूमिका निर्वाह गरे ।

यता बिश्वप्रकाशले पनि सभापति शेरबहादुर देउवाको बिश्वास जितेर अघिल्लो कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हाले । जुन भूमिका बिश्वप्रकाशले कौशलपूर्ण ढंगले निर्वाह गरे । १४ औं महाधिवेशनमा थापा दुइ तिहाइ मत सहित निर्वाचित हुँदा कमजोर गुटबाट उम्मेदावार बनेका शर्मा निर्वाचित भए ।

काँग्रेसको विधानले भने दुवै महामन्त्रीलाई बराबर हैसियत र अधिकार दिएको छ । पार्टी नेतृत्वले कुनै एक पात्रलाई भविष्यमा राष्ट्रिय राजनीतिमा स्थापित गराउन लागेको हुनसक्ने आशय वरिष्ठ पत्रकार तारानाथ दाहालको बुझाई छ ।

संसदमा महामन्त्री शर्माको उपस्थिति नदेखिँदा पनि उनी छायाँमा परेजस्तो देखिनु स्वभाविक रहेको हुनसक्छ । पार्टी संगठन, केन्द्रीय कार्यालयको काममा लागिरहेको हुनाले महामन्त्री शर्मा त्यस्ता बैठकहरुमा नदेखिएको हुनसक्ने दाहाल बताउँछन् ।

बिगतमा पनि शीर्ष नेतृत्वले चाहेमा आँफू पछिका नेताहरुलाई स्थापित र बिस्थापित गरेको उदाहरण पाइन्छ । राजनीतिमा स्थापित हुन अमूक शक्तिकेन्द्रहरुको पनि अप्रत्यक्ष साथ , सहयोग, समर्थन रहने हुनाले पनि शीर्ष नेतृत्व

दबाबमा परेर ब्यक्ति बिशेषलाई महत्व दिनै पर्ने अबस्थामा पुग्ने गर्छ । गगन र बिश्वप्रकाशको भूमिका कम र बेसी देखिएको जस्तो बिषयमा पनि त्यस्तै प्रवृत्तिले काम गरेको हुनसक्ने धेरैको आँकलन छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस