बुधबार, कार्तिक १२, २०८२
  • होमपेज
  • समाचार
  • माओवादी नेता किराँती भन्छन् : केपी ओलीले प्रचण्डको चिना हेरेर बसेका छन्
समाचार

माओवादी नेता किराँती भन्छन् : केपी ओलीले प्रचण्डको चिना हेरेर बसेका छन्

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किराँतीले सांगठनिक अराजकता नियन्त्रण नगरे पार्टीमा गम्भीर समस्या आउने चेतावनी दिएका छन्।

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यको संख्या थप गरेपछि बोल्दै किराँतीले ‘भ्यागुताले लात हान्न थालेको’ टिप्पणी गरे।

विज्ञापन

‘अध्यक्ष कमरेड सांगठनिक अराजकताले सीमा नाघ्यो। भ्यागुताले लात हान्न थाल्यो। यस्तो संगठनले कसरी उद्देश्य चुम्छ?’ उनले प्रश्न गरे।
पदाधिकारी चयन आजै गरेर पार्टीभित्रको विवाद समाधान गर्न उनले सुझाव दिए।

विज्ञापन

‘पदाधिकारीको पूर्णता आजै पाउनु पर्छ। सुन्दैछु आज नपाउने अरे। नेताहरुको झगडाले अरे’ उनले थपे, ‘अनुरोध छ नेता कमरेडहरु, मिलि दिनुहोस्। मिल्नु सक्नुहुन्न भने हामीलाई छोडि दिनुहोस्। कम्युनिष्ट पार्टीमा हाम फाल्ने नीति हुन्छ। तपाईंहरुले घिसार्नु भयो। अब त शरीरको छाला बाँकी रहेन।’

उनले पार्टी अध्यक्ष प्रचण्डको चिना हेरिसकेको भन्ने नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको भनाइसमेत स्मरण गराए।

‘छिटो गरौँ। अन्यथा पण्डित श्री केपी ओलीले अध्यक्ष कमरेड प्रचण्डको चिना हेरि सकेको पुनः स्मरण गराउँदछु’ उनले भने।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस