आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • समाचार
  • देश र जनताको हितका लागि भए पनि आगामी चुनावमा एमालेले जित्नैपर्छ : गाेकर्ण विष्ट
समाचार

देश र जनताको हितका लागि भए पनि आगामी चुनावमा एमालेले जित्नैपर्छ : गाेकर्ण विष्ट

काठमाण्डाै ।  नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी चुनावमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताउनु भएको छ ।

सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो । देश र जनताको हितका लागि पनि आगामी चुनावमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उहाँले दाबी गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिड्न डराएको बताउनु भयो ।

विज्ञापन

‘देश र जनताको हितका लागि पनि आगामी चुनावमा एमालेले जित्नैपर्ने हुन्छ । गठबन्धनका रुपमा एमालेका विरुद्ध चुनाव लडन आए भने पनि नेकपा एमाले सामना गर्न तयार छ’ सचिव विष्टले भन्नु भयो, ‘नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ । देशको भाग्य र भविष्यको निम्ति पनि यो चुनाव एमालेले जित्न जरुरी छ ।’

विज्ञापन

सचिव विष्टले आगामी चुनावमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुनु पनि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताउनु भयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस