शनिबार, चैत्र १, २०८१
  • होमपेज
  • समाचार
  • चुनावमा पहिलो कांग्रेस, दोस्रो हामी हुन्छौं : प्रचण्ड
समाचार

चुनावमा पहिलो कांग्रेस, दोस्रो हामी हुन्छौं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा कांग्रेस पहिलो र दोस्रोमा माओवादी हुने बताएका छन् ।

शुक्रवारबाट काठमाडौंमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रयास एक नम्बर नै हुने भन्ने भए पनि अहिलेको स्थितिमा पहिलो भन्ने मनोगत मात्रै हुने बताएका हुन् ।

विज्ञापन

‘अहिलेको स्थितिमा पहिलो भन्नेचाहिँ मनोगत नै हो । तर, भूमिका चाहिँ पहिलो नै हो,’ उनले भने, ‘उम्मेदवार चयनदेखि भौतिक तयारी गर्ने हो भने हामी दोस्रो हुन्छौं ।’

विज्ञापन

समग्र देशको राजनीतिमा आफूहरू निर्णायक हुने उनको भनाइ छ । ‘हामीसँग एक दम समय कम छ, अब चुनाव आउन दुई महिना १० दिन मात्रै छ,’ उनले भने, ‘यु’द्धस्तरमा काम नगर्ने हो भने अप्ठ्यारो स्थिति आउन सक्छ, कांग्रेस र एमाले हाम्रा चुनौती हुन् ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस