काठमाडौँ ।
अभिनेता पल शाहले आफूलाई षड्यन्त्र गरे फसाउने खोजेको बताएका छन्। उनले बिहीबार बिहान सामाजिक सञ्जालमा मार्फत् आफूलाई ष’ड्य’न्त्र गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गर्दै यस्तो बताएका हुन्। मेरी बास्सैका कलाकार कृष्ण जोशी आफ्नो राम्रो कामले भन्दा पनि पललाई फसाउने योजनाले एकाएक भाइरल बन्न पुगेका छन् ।
विज्ञापन
मेरी बास्सैमा बनकाईलोको भूमिकामा देखा पर्दै आइरहेका जोशीलाई पलले आफ्नो म्यानेजरको स्थान दिएका थिए । तर कृष्णले पछिल्ला दिनमा पलविरुद्ध विभिन्न योजनाहरु बनाउँदै गरेको हालै भाइरल बनेका अडियोहरुमा स्पस्टसँग सुन्न सकिन्छ । कृष्णको फेरिएको व्यबहारले पलले पछिल्ला दिनमा उनलाई आफ्नो म्यानेजरको भूमिकाबाट हटाएको पलसँग काम गरेका संगीतकर्मीहरु र मोडलहरुले जानकारी दिए ।
विज्ञापन
त्यस्तै सफा मनका भनिएका दुर्गेश थापा पटक पटक विबादमा तानिए । जे पायो त्यही गीत गाउने, नराम्रा र छाडा शब्दहरुलाई प्रयोगमा ल्याएर भाइरल बनेका मोडल दुर्गेश मनका भने सफा नभएको उनको पछिल्लो हर्कतले देखाउँछ । पल शाह विरुद्ध हात धोएर लागेका दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशीले देखाएको घिनलाग्दो हर्कतको ४० मिनेटभन्दा लामो अडियोले उनीहरु राम्रा साथी नभएको र साथीका नाममा गलत मान्छे भएको भन्दै सामाजिक संजालमा उनको व्यापक आलोचना भइरहेको छ ।
जब दुर्गेशले पलविरुद्ध यस्तो नराम्रो घृणित् काम गरेको अडियो र समिक्षा, कृष्ण, सरोज, दुर्गेशको संलग्नता भएको अडियो भाइरल बन्यो त्यसपछि पल शाहलाई गाली गर्नेहरु कम र दुर्गेश र उनको समुहलाई गाली गर्नेहरुको संख्या बढ्दो छ ।
प्रहरीबाट पक्राउ पुर्जी जारी भएपश्चात नायक पल शाहले आफ्नो बचाउमा विभिन्न अडिओहरू बाहिर ल्याएसँगै अडिओमा पललाई उनीविरुद्ध षड्यन्त्र भइरहेको भनेर उनीहरुले कुरा गरिरहेको सुनिन्छ । अडिओमा दुर्गेशको समुहले पलसँग एक करोड लिएर गायिकालाई थामथुम पारिदिने आश्वासन सरोज ओलीले दिएका छन् ।
त्यसबाट ५० लाख रूपैयाँ आफू खाने र ५० लाख गायिकालाई दिएर उनीहरूको विवाद सल्टाउने योजना समेत सुन्न सकिन्छ । फेसबुकमा स्टाटस लेख्दै पलले आफूविरुद्ध गायिकालाई प्रयोग गरेर नियोजित षड्यन्त्र गरेको भन्दै साथी दुर्गेश थापा, ठुल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागार्ईं विरुद्धको ष’ड्य’न्त्रमा सं’ल’ग्न रहेको स्पस्ट रुपमा लेखेका छन् ।
फेसबुक प्रतिक्रियाहरु