सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • कुखुराको मासु खाने की नखाने ! के भन्छन् विज्ञ?
समाचार

कुखुराको मासु खाने की नखाने ! के भन्छन् विज्ञ?

काठमाडौँ । मानिसमा संक्रमण हुनसक्ने लक्षणसहितको बर्डफ्लू भेटिएपछि कुखुराको मासु खान मिल्छ या मिल्दैन प्रश्न उठेको छ। तर चिकित्सकहरुले कुखुराको मासु खाँदा केही फरक नपर्ने बरु सचेतता अपनाउनुपर्ने औंल्याएका छन्। सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले कुखुराको मासु पकाएर खाँदा केही जोखिम नहुने बताए।

 

विज्ञापन

उनले भने, ‘७० डिग्रि देखि माथि पुगेपछि भाइरस मर्छ। ७० डिग्री देखि माथि उम्लिएपछि भाइरस नष्ट हुन्छ। मज्जाले खान मिल्छ। खानै नमिल्ने भन्ने हुँदैन।’ डा पुन यो भाइरस मानिसबाट मानिसमा सहजै नसर्ने देखिएको भएता पनि पंक्षीको प्रत्यक्ष सम्पर्कमा आउनेहरु भने उच्च जोखिममा पर्ने बताउँछन्।

विज्ञापन

गत फागुन १ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ मा बर्डफ्लू भेटिएको थियो। मुख्यतः काठमाडौँ, चीतवन र मोरङमा कुखुरामा बर्डफ्लू देखिएको छ। नेपालमा पहिलो पटक सन् २०१९ मा २१ वर्षीय युवकको मृत्यु ‘एच फाइब एन वान’ बर्डफ्लूको कारणले भएको थियो।

काठमाडौँसहित चितवनमा केही दिनअघि वर्डफ्लू देखिएपछि स्वास्थ्य मन्त्रालयले सचेत रहन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफीङमा सहप्रवक्ता डा समीरकुमार अधिकारीले भनेका थिए, ’काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, चितवनको राप्ती नगरपालिका–६ स्थित कृषि फार्ममा पालिएका कुखुराको नमूना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा (एच.पी.ए.आई.सव टाइफ एच.फाइभ.एन वान एभिएन इन्फ्लुन्जा) बर्डफ्लू पुष्टि भएको छ।’

प्रभावित क्षेत्रमा सो रोगको नियन्त्रण गर्ने कार्य भइरहेको छ। एभिएन इन्फ्लुन्जा भाइरसको संक्रमण खास गरी पंक्षीहरुमा हुने हुन्छ। तर, हाल पुष्टि भएको एच फाइभ एन वानले मानिसहरुलाई पनि संक्रमण गराउन सक्छ,’ उनले भने, ‘यसको लक्षण स्वास प्रस्वासमा समस्या हुने हुन्छ। मानिसहरुमा बर्डफ्लू भए नभएको प्रयोगशालामा गएर मात्र पुष्टि गर्न सकिन्छ।’

चिकित्सकहरुका अनुसार बर्डफ्लू भनेको पंक्षीहरूमा देखिने एक प्रकारको रोग हो। यो रोगको जीवाणु इन्फ्लुएन्जा भाइरस हो। स्वस्थ व्यक्तिमा बर्डफ्लूको संक्रमण कसरी हुन्छ? स्वास्थ्य मन्त्रालयले तयार पारेको समाग्रीमा भनिएको छ,‘पंक्षीमा बर्डफ्लू लगाउने जीवाणु इन्फ्लु एन्जा भाइरस (एच.पी.ए.आई.सव टाइफ एच.फाइभ.एन वान एभिएन इन्फ्लुन्जा)ले मानव स्वास्थ्यमा पनि असर पु¥याउँछ। भाइरस व्यक्तिव्यक्ति बीचमा सर्दैन तर संक्रमित पंक्षीद्वारा भने व्यक्तिमा सर्न सक्छ।’

बर्डफ्लू संक्रमित व्यक्तिमा देखिने लक्षण
–ज्वरो आउने
–सास फेर्न गाह्रो हुने
–थकान महसुस हुने
–घाँटी, पेट र मांशपेशी दुख्ने
–खोकी लाग्ने
–बान्ता हुनु
–पखाला लाग्नु
–निमोनिया हुनु

वर्डफ्लू रोकथाम र नियन्त्रण कसरी गर्ने ?
–पक्षीहरु पालिएको खोर सँधै सफा राख्ने र समय–समयमा निसंक्रमण गर्ने
–खोरहरु सफा गर्दा आफ्नो व्यक्तिगत सुरक्षाका निम्ति मास्क, बुट र पञ्जा लगाउने
–खोर सफा गरिसकेपछि वा पक्षीहरुको सम्पर्कमा पुगेपछि साबुनपानीले मिचिमिचि हात धुने।
–संक्रमण भएको खण्डमा चिकित्सक वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने
–संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा कुहिना, रुमाल वा टिस्यु पेपरको प्रयोग गर्ने र प्रयोग गरिएको टिस्यु पेपरलाई उचित स्थानमा व्यवस्थापन गर्ने
–संक्रमित व्यक्ति आइसोलेसनमा बस्ने
–जथाभावी र जतिबेला पनि आफ्नो आँखा, नाक र मुख नछुने

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस