मानिसको जीवनमा जब समस्या देखा पर्न थाल्छ अनि उसले अनेक देवी देवताहरूको पूजा पाठ, भाकल आदि गर्न थाल्छ, मन्दिर धाउँछ, जप, तप, हवन, दान, धर्म आदि अनेक उपाय गर्न थाल्छ ।
समस्या समाधान होस् र जीवन शान्तिपूर्ण होस् भनेर यस्तो काम गरिन्छ । समस्याबाट छुटकारा पाउन ज्योतिष तथा धामीझाँक्रीकहाँ पनि पुग्छ । शास्त्रीय दृष्टिले योग्य एवं गणितको राम्रो दख्खल भएका ज्योतिषको परामर्शले समस्या ठीक हुनसक्ला तर गलत व्यक्तिको चंगुलमा फस्यो भने पैसा र समयको बर्बादी सिवाय केही हुँदैन । उसो भए के गर्ने त ? प्रश्न उब्जनु स्वभाविक छ । उत्तर एउटै छ- मानिस भगवान् शिवको शरण पर्यो भने उसले अन्यत्र कतै जानु पर्दैन । शिवसँग छ हरेक समस्याको समाधान । यसका लागि आवश्यक पर्छ साँचो श्रद्धा, विश्वास एवं भक्ति । भगवान् शिव समस्त धर्म-सम्प्रदाय, तन्त्रमन्त्र एवं ज्योतिषका जनक हुन् ।
विज्ञापन
शिवलाई प्रसन्न पार्न सजिलो पनि छ । उनलाई आशुतोष अर्थात् छिटै प्रसन्न हुने भनेर पुराणादि शास्त्रले वर्णन गरिएको पाइन्छ । विशेष गरी केही त्यस्ता वस्तु छन् जुन अर्पण गर्नाले भगवान् शिव चाँडै खुसी हुन्छन् । शिवले शिवमहापुराणमा आफूलाई प्रसन्न तुल्याउने वस्तुका विषयमा बताएका छन् । के के हुन् ती वस्तु ? के हुन्छ ती वस्तु शिवलाई चढाउँदा ? कुन समस्याका लागि के उपाय गर्ने ? हेरौँ,
विज्ञापन
-शिवलिंगमा दूध चढाउनाले आरोग्य प्राप्ति हुन्छ । -शिवलिंगमा दही चढाउनाले जीवनमा खुसी, उल्लास एवं सकारात्मक ऊर्जाको प्रवेश हुन्छ । -शिवलिंगमा मह चढाए रूप एवं सौन्दर्य प्राप् हुन्छ । बोलीमा मधुरता आउँछ भने लोकपि्रयता वृद्धि हुन्छ । -शिवलिंगमा घिउ चढाए तेज प्राप्ति हुन्छ । – शिवलिंगमा सखर चढाए सुख-समृद्धि एवं ऐश्वर्य प्राप्त हुन्छ । -शिवलिंगमा अत्तर चढाए आध्यात्मिक उन्नति हुन्छ ।
-सुगन्धित तेल चढाए धनधान्यमा वृद्धि हुनुका साथै भौतिक सुख प्राप्त हुन्छ । -चन्दन चढाए मानसम्मान तथा कीर्ति बढ्छ । -केशर चढाए दाम्पत्य जीवन सुखमय हुन्छ । विवाहमा आउने समस्त वाधा हट्छन् । आफूले चाहेजस्तो जीवनसाथी प्राप्त हुन्छ । छिटै विवाह हुने योग बन्छ । -शिवलिंगमा अमला वा अमलाको रस चढाए दीर्घायु प्राप्त हुन्छ । -उखुको रस चढाए समस्त पारिवारिक सुख प्राप्त हुन्छ । परिवारका सदस्यबीच प्रेमभाव बढ्छ ।
-शिवलिंगमा गहुँ चढाए वंश वृद्धि हुन्छ, योग्य सन्तान प्राप्त हुन्छन् । सन्तान आज्ञाकारी हुन्छन् । -शिवलिंगमा अक्षता चढाउँदा अपार धन सम्पत्ति एवं सुख-समृद्धि प्राप्त हुन्छ । -शिवलिंगमा तिल चढाउनाले सम्पूर्ण पाप एवं रोगको नाश हुन्छ । -शिवलिंगमा जौ अर्पण गर्नाले सांसारिक सुख प्राप्ति हुन्छ । -शिवलाई प्रतिदिन बेलपत्र चढाउनाले जीवनका समस्त संकट टाढा हुन्छन् ।
फेसबुक प्रतिक्रियाहरु