आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • तक्मा बाँडेकामा भीम रावलद्वारा सरकारको आलोचना
समाचार

तक्मा बाँडेकामा भीम रावलद्वारा सरकारको आलोचना

नेकपा एमालेका नेता भीम रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबन्डा गर्न थालिएको भन्दै सरकारकाे आलोचना गरेका छन्।

मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबन्डा गर्ने गरिएको देशमा अब राज्यले दिने तक्मामा समेत भागबन्डा हुन थालेको नेता रावलको टिप्पणी छ।

विज्ञापन

‘यो देश र जनताको फजिती र अधोगतिको मार्ग हो,’ सोमबार राति रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘निर्णयकर्ता हो, देश र जनताप्रति थोरै भए पनि जिम्मेवार होऊ र लोकलाज तथा नैतिकताको ख्याल गर!’

विज्ञापन

संविधान दिवसका अवसरमा यही असोज ३ गते सरकारले ९०३ जनलाई विभिन्न मानपदवी, अंलंकार र विभूषणले ९०३ जनालाई सम्मान गरेको छ। यो राजनीतिक निकटताका आधारमा प्रदान गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। कतिपय पत्रकारले त यसप्रति असहमति जनाउँदै आफूलाई प्राप्त पदकसमेत अस्वीकार गरेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस