राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित पार्टीका सांसदहरूलाई भोलिदेखि दुईदिने अभिमुखीकरण तालिम दिँदै छ । ललितपुरको एक होटेलमा हुने तालिमका लागि रास्वपाले सांसदहरूलाई आचारसंहिता लगाएको छ ।
सूचनामा उल्लेख भएअनुसार कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ भने कार्यक्रमस्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ । परिवारका सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न निर्देशन गरिएको छ ।
चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था सांसदहरू स्वयम्कै हुने भनिएको छ । सांसदहरूले कार्यक्रमस्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट तथा फोटो खिच्ने वा बैठक नगर्न निर्देशन दिइएको छ ।
भद्र पोशाक लगाउन भनिएको छ । पत्रकारहरूलाई उद्घाटन र समापनसत्रमा मात्रै रिपोर्टिङका लागि आउन भनिएको छ । सभापति रवि लामिछानेले समापनसत्रलाई सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ ।
हेर्नुहोस् सूचना :







फेसबुक प्रतिक्रियाहरु