काठमाडौं । हालै राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका डा. प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
राष्ट्रिय सभा गृहमा आयोजित प्रतिज्ञापत्रसम्बन्धी प्रश्नोत्तर कार्यक्रमपछि आयोजित पार्टी प्रवेश कार्यक्रममा सभापति गगन थापाले राणालाई कांग्रेसमा स्वागत गरेका हुन् । राणा यसअघि पनि कांग्रेसमै आबद्ध रहेका थिए ।
राणाले उम्मेदवार छनोट प्रक्रियामा ‘प्राइमरी इलेक्नस’का नाममा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपा त्यागेको बताएका थिए ।






फेसबुक प्रतिक्रियाहरु