चितवन । चितवनका धेरैजसो संघ संस्थाहरुमा हुने चर्चा र चासोमध्ये उद्योग वाणिज्य संघ चितवनको अधिवेशन पर्दछ । यो संघ चितवनको पुरानो संघ मध्ये पर्दछ । उवासंघमा अवसर र चुनौति दुवै प्राप्त हुनाले पनि उवासंघ चितवन चुनावी मैदान बढी रोचक बन्दै आएको छ । यही पुष २१ गते हुने उवासंघ चितवनको अधिवेशनमा हालसम्म दुईपक्षले प्यानलनै बनाएर चुनावी अभियानमा होमिएका छन । अहिले हालका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी सुवेदीको प्यानल र संघका सल्लाहकार शिरिष पन्तले प्यानलनै बनाएर मत माग्न व्यस्त छन । पछिल्ला समय उवासंघले गर्नुपर्ने काम कर्तव्य अधिकारका बिषयमा खरो रुपमा उत्रदै आएका पन्त आम उद्योगी व्यवसायीको आँखामा पर्न थालेका छन । युवा जोश जाँगर र आफ्ना भिजनमार्फत अघि बढ्न थालेका पन्त सबै व्यवसायीको रोजाइमा पर्न थालेका हुन ।
‘चितवन उवासंघको दशकौं लामो गर्विलो इतिहास छ, पन्त भन्छन, यसको गरिमालाई जोगाउन र व्यवसायीको हक हितलाई सम्बोधन गर्न पनि अध्यक्षमा मेरो उम्मेदवारी हो ।’
दुईदशक भन्दा बढी हार्डवेयर व्यवसाय तथा पछिल्लो समय विद्युत व्यवसायमा समेत आबद्ध पन्त आसन्न अधिवेशनका छन लागि अध्यक्ष पदका बलिया पात्र मानिन्छन । हाल उनी व्यवसायीका वर्षौंदेखिका समस्या, लगानी वातावरण र सरोकारवाला निकायसँगको समन्वय र विगतका कमी कमजोरीलाई सुधार्न उद्योगी व्यवसायीको सुझाव र सल्लाह बमोजिम अघि बढ्ने पन्त बताउँछन ।
पछिल्ला समय जेन्जी पुस्ताको समय आएको भन्दै उनले समग्र चितवनको समृद्धि तथा लगानी मैत्री वातावरण बनाउन र राज्यलाई नीतिगत दवाव दिन पनि आफ्नो उम्मेदवारी रहेको उनले बताए । उद्यमी व्यवसायीसँग सजिलै घुलमिल हुन सक्ने पन्त व्यवसाय सँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय रहदै आएका छन्। पन्तको प्यानलबाट अध्यक्षको उम्मेदवारमा पदमा होटल व्यवसायी संघ,चितवन, हार्डवेयर व्यवसायी संघ, फेन्सी व्यवसायी संघ लगायतका संघहरुले अध्यक्षका उम्मेदवारका रुपमा शिरिष पन्तलाई नै समर्थन दिएका छन् ।
अन्य वणिज्य तथा वस्तुगत संघले पनि आफूलाई साथ दिने र यस विषयमा सल्लाह, छलफल भईरहेको पन्तले जानकारी दिए । हाल पन्त प्यानलबाट उपाध्यक्षहरुमा शङ्करप्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेलले उमेदवारी घोषणा गरेका छन भने सदस्य पदको लगि पनि अन्तिम टुंगो लागिसकेको पन्तको भनाई छ ।






फेसबुक प्रतिक्रियाहरु