सोमवार, अशोज २६, २०८२
  • होमपेज
  • समाचार
  • आज मिति २०८२ साल असोज २७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
समाचार

आज मिति २०८२ साल असोज २७ गते सोमबार, यस्तो छ तपाईको राशिफल

वि.सं.२०८२ साल आश्विन २७ गते । सोमबार । ईश्वी सन् २०२५ अक्टोबर १३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–सप्तमी, बेलुकी ५ बजेर ५० मिनेट उप्रान्त अष्टमी । नक्षत्र–आद्र्रा, बेलुकी ६ बजेर ३२ मिनेट उप्रान्त पुनर्वसु । योग–परिध, दिउसो २ बजेर ५३ मिनेट उप्रान्त शिब । करण–भद्रा, बिहान ६ बजेर ४८ मिनेट उप्रान्त बव, बेलुकी ५ बजेर ५० मिनेट उप्रान्त बालव । आनन्दादिमा–काल योग । चन्द्रराशि–मिथुन ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३६ मिनेट । दिनमान २८ घडी ५१ पला ।

विज्ञापन

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साहसी तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरूमा आत्मीयता थप प्रगाढ हुनेछ । अनलाइन व्यापार, शेयर बजार तथा उद्योगमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वबाट सम्मान पाइने योग रहेको छ ।

विज्ञापन

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धन स्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । विद्यार्थी वर्गहरूका लागी मेहनत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय सङ्गत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढोत्तरीको योग रहेको छ । व्यवसाय वा शेयर बजारमा लगानी बढाउँदा आगामी दिनमा आम्दानी गर्न सकिनेछ । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुचि बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यवसायमा लगानी गरे पनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ । नचाहँदा नचाहँदै तपाईँको बोलिले अरूको मन दुख्नेछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरू घट्न सक्छ । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो नतिजा आउने छैन । मनमा एक किसिमको निराशापनको विकास हुने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरायसी सेवा सुविधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथीभाइको सहयोग पाइने योग रहेको छ । व्यापारमा मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने विपरीत लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी वीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापार, शेयर बजारमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले एक किसिमको उमङ्ग शरीरमा आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले धन आर्जन गर्ने समय रहेको छ । बैङ्क तथा वित्तीय क्षेत्रमा आम्दानी बढाउन सकिनेछ । सानो प्रयत्नले कामहरू सम्पादन हुँदा मन प्रसन्न रहनेछ । आमा तथा आफन्तसँगको भेटघाटमा सानो विवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस