सोमवार, अशोज २६, २०८२
  • होमपेज
  • Breaking News
  • शुक्रबार कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
Breaking News

शुक्रबार कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू-भागहरू र मधेस प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

विज्ञापन

आज राती पनि देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग र मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश,मधेस प्रदेश,बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस