वि.सं.२०८२ साल आश्विन ६ गते । सोमबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन शुक्लपक्ष । तिथि– प्रतिपदा, ४८ घडी ४३ पला, रातको १ बजेर २२ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–उत्तराफाल्गुनी, १४ घडी १ पला, बिहान ११ बजेर २९ मिनेट उप्रान्त हस्त । योग–शुक्ल, ३७ घडी ५८ पला, बेलुकी ९ बजेर ३ मिनेट उप्रान्त ब्रह्म । करण–किंस्तुध्न, मध्यान्ह १२ बजेर ४८ मिनेट उप्रान्त बव, रातको १ बजेर २२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कन्या । शारदिय नवरात्र प्रारम्भ । घटस्थापना ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियम सङ्गत गरेका काममा हुने निर्णय तपाईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । दैनिक उपभोग्य बस्तु, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा कमजोर नतिजा आउने हुनाले इष्टमित्र भन्दा पछि परिनेछ । समय तथा प्रविधिको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धीहरू नै हाबी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । तर पनि वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देख्न पाइनेछ । खाद्यान्न, बिलासी सामान तथा लत्ताकपडाको व्यापारबाट लाभ लिन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरूले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाढिने योग रहेको छ । नचाहँदा नचाहँदै पुराना सम्झौताहरू भङ्ग गर्नुपर्दा मन खिन्न हुनेछ । तर पनि खाद्यान्न, सवारी साधनको खरिद बिक्री, कपडा, गरगहना, बिलासी सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उत्पादनमुखी उद्योग, खाद्यान्न, कपडा तथा बिलासी सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिनेहरूका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मेहनतेको फल अरूले फुत्काउन कोसिस गर्नेछन् ख्याल गर्नुहोला । राम्रो बोल्दा बोल्दै गलत व्याख्या गरी दुख दिनेहरू सक्रिय हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा शङ्का बढ्ने योग रहेको छ । तर पनि टेक्निकल सामानको व्यापार, खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । दैनिक उपभोग्य बस्तु, कपडा, सवारी साधनको खरिदबिक्री, गरगहनाको व्यापारबाट नाफा कमाउन सकिनेछ । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहार बिग्रनेछ भने गलत सङ्गतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ । तर पनि अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । व्यापारबाट नाफा कमाउन सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय, दैनिक उपभोग्य वस्तु, गरगहना र कपडाको व्यापारबाट नाफा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । दैनिक उपभोग्य बस्तु, पहिरनको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । कृषि तथा पशुपालनमा गरिएको लगानी फलदायी हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ । प्रेममा सामिप्यता बढ्नेछ । समय सापेक्ष व्यापारमा लगानी गर्नेहरूका लागी आम्दानीमा बढोत्तरीको योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सङ्कट व्यवस्थापनमा चालिएका कदमहरू निरर्थक हुनेछन् । गोप्य योजनाहरू बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूले पनि सहयोग गर्ने छैनन् । अल्छी गर्ने बानिले काम बाकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । तर पनि दैनिक उपभोग्य बस्तु र पहिरनको सामानको व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा, धर्मकर्म तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । खाद्यान्न, पहिरन, सवारी साधनको खरिदबिक्री,गरगहना तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा पद प्राप्तिको योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
फेसबुक प्रतिक्रियाहरु