वि.सं.२०८२ साल आश्विन ४ गते । शनिबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–चतुर्दशी, ४४ घडी ५८ पला, बेलुकी ११ बजेर ५० मिनेट उप्रान्त औँसी । नक्षत्र–मघा, ८ घडी ३३ पला, बिहान ९ बजेर १७ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–साध्य, ४० घडी ३० पला, बेलुकी १० बजेर ४ मिनेट उप्रान्त शुभ । करण–भद्रा, बिहान ११ बजेर ४७ मिनेट उप्रान्त शकुनी, बेलुकी ११ बजेर ५० मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–सिंह । चतुर्दशी श्राद्ध ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईँको आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । तर पनि खाद्यान्न, कपडा तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तपाईँ आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाईँको साथ छाड्नेछन् । आफन्तसँग सानो सानो कुरामा मनमुटाब सिर्जना हुनेछ । अन्य काममा नै व्यस्त हुँदा पढ्ने लेख्ने काम थाती रहनेछ । प्रेममा अरूकै नकारात्मक टिप्पणीले शङ्का उब्जिनेछ । छाती सम्बन्धी समस्या आउने प्रबल सम्भावना रहेको छ ध्यान दिनुहोला । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी हुनेछ । खाद्यान्न, औषधी, पहिरन तथा गरगहनाको व्यवसायबाट नाफा कमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवार बाट अप्रिय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने लगानीको नयाँ वातावरण बन्नेछ । आम्दानीमा बढोत्तरीको योग रहेको छ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सुखद समाचारले आजको दीन उत्साहपूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, औषधी, निर्माण सामाग्री, अटोपार्टस्को व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक माहौलमा मिष्टान्न भोजनको स्वाद लिँदै समय व्यातित गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कार्यक्षेत्रमा राम्रो काम गर्न नसक्दा मान सम्मानमा कमीको महसुस हुनेछ । समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । स्वास्थ्य कमजोर रहनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछैन । धार्मिक तथा शैक्षिक यात्रा भए पनि कष्टकर हुन सक्छ ध्यान दिनुहोला । तर पनि प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । अनलाइन व्यापारबाट नाफा कमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाइहरूबाट बधाईको ओइरो आउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा बिलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । खाद्यान्न, औषधी, गरगहना तथा कपडाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
फेसबुक प्रतिक्रियाहरु