बिहिबार, अशोज १, २०८२
  • होमपेज
  • समाचार
  • जेनजी आन्दोलनमा आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे
समाचार

जेनजी आन्दोलनमा आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे

काठमाडौं,असोज २  ।  काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पती जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताउनुभएको छ । महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताउनुभएको हो ।

बिहीवार वागदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन नसकेको र २४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको बताउनु भयो । राति सवा ८ बजेदेखि पौने १० सम्म सिंहदरबारमा दुई वटा दमकल लगेर आगो निभाएको स्पष्ट पार्नुभयो । नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै आगो निभाउन सहज भएको उहाँको भनाइ छ । भाटभटेनी,हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेको उहाँको भनाइ छ । दमकल जानसक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको स्पष्टोक्ति छ । सुरक्षाको प्रत्याभुतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरिएको बताउनु भयो ।

विज्ञापन

उहाँले भन्नुभयो, ‘हामीलाई दमकल किन निस्केन भनेर प्रश्न आइरहेको थियो । तर आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन सकेन र साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको छ । अगाडि बढ्न नसकेको अवस्थामा हामी कुरिरहेका थियौँ । सवा ८ बजेदेखि पौने १० सम्म हामीले सिंहदरबारमा दुई वटा दमकल लगेर निभाएका थियौँ । सुरक्षाका लागि नेपाली सेना खटिएपछि समन्वय गरेर आवश्यक ठाउँमा खटिएका थियौँ । रातभर खटियौँ । पटक पटक आगो निभाएपछि पनि आगो ननिभेर पुनः लागेकाले दशौँ पटक हामी गएका छौँ । भाटभटेनी,हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेका थियौँ । हामी कुनै हालतमा पनि दमकल जानसक्ने अवस्थामा ढिलाइ गरेका छैनौँ । महानगरले दमकल पठाएन भन्नेकुरा गलत हो । हामीले सुरक्षाको प्रत्याभुतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरेका हौँ ।’

विज्ञापन

महानगर प्रहरीले घाइतेको उपचार, खानपानको व्यवस्थामा समेत खटिएको दाबी गर्नुभयो । महानगरपालिकाले उपत्यकामा ५ वटा दमकल परिचालन गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस