काठमाडौँ । निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरिएको छ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो ।
हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ ।
यो दरबन्दी मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट घटाइने एक सचिवले जानकारी दिए । यसका लागि आवश्यक प्रस्ताव असोज २० गते भित्र तयार गर्ने निर्णय गरिएको छ ।
‘यो निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ,’ ती सचिवले बताए ।
फेसबुक प्रतिक्रियाहरु