सोमवार, भदौ २९, २०८२
  • होमपेज
  • समाचार
  • मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा रुइत
समाचार

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा रुइत

काठमाडौँ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना नरहेको बताएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्लामात्र भएको बताएका हुन् ।

विज्ञापन

डा रुइतले लामो चिकित्सकीय यात्रामा साथ दिँदै आएका नेपालीबाट भविष्यमा पनि सद्भाव, साथ र माया पाइरहने विश्वास व्यक्त गरे ।

विज्ञापन

“मलाई प्रत्येक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गर्न आग्रह आउने गरेको छ, तर म स्पष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीलाई आफ्नो सीप, ज्ञान र समय दिएर सेवा गर्नु हो”, विज्ञप्तिमा भनिएको छ ।

डा रुइतले सबै नागरिकले आ–आफ्नो पेसा, कर्म र व्यवसायमा इमानदारीपूर्वक लागे मुलुकको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने बताए । आफू निरन्तर चिकित्सकीय पेसामार्फत नागरिक सेवामा तल्लीन रहने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस