सोमवार, भदौ २९, २०८२
  • होमपेज
  • समाचार
  • देशका विभिन्न ठाउँमा विहानैदेखि वर्षा, दिउँसो यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
समाचार

देशका विभिन्न ठाउँमा विहानैदेखि वर्षा, दिउँसो यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा

काठमाडौं,भदौ ३०। देशका विभिन्न स्थानमा आज पनि वर्षा हुनेछ । काठमाडौंमा विहानैदेखि वर्षा भइरहेको छ । मध्यमदेखि भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै तथा तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विज्ञापन

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

विज्ञापन

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस