आइतवार, भदौ २८, २०८२
  • होमपेज
  • Breaking News
  • नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
Breaking News

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज कार्यभार सम्हाल्दै छिन्।

जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आइतबार ११ बजे सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी भएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकाे छ।

विज्ञापन

आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ।

विज्ञापन

कार्कीलाई ६ महिनाभित्र चुनाव गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका हुन्।

आगजनीबाट क्षतिग्रस्त भएका सिंहदरबारका अन्य मन्त्रालयहरूमा पनि सरसफाइ गरेर काम सुरु गर्ने तयारी गरिएको छ।

आजदेखि सिंहदरबार पुनः लयमा फर्किने मन्त्रिपरिषद्को  कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जानकारी दिएका छन्।

तत्कालकाे लागि प्रधानमन्त्री कार्यालय आगलागीबाट जाेगिएका पुरानै सामग्रीबाट सञ्चालन गर्ने तयारी छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस