शुक्रबार, भदौ २६, २०८२
  • होमपेज
  • समाचार
  • राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानसेनापति
समाचार

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानसेनापति

राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठनलगायतको विषयमा छलफल गर्न प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवास पुगेका छन्।

सिग्देल केहीबेरअघि शीतलनिवास पुगेका हुन्। अन्तरिम सरकार गठनको विषयमा उनीहरूबीच छलफल हुने बताइएको छ।

विज्ञापन

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार जेनजीको माग सम्बोधन हुने गरी संविधानकै दायरामा रहेर समस्या समाधान गर्ने वक्तव्य जारी गरेका थिए।

विज्ञापन

बिहीबार नै पौडेलले प्रधानसेनापतिसहित संविधान तथा कानुनका विज्ञसँग पनि छलफल गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस