काठमाडौँ । काठमाडौँको बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवास पनि जेनजी (जनता)ले कब्जा गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनमा उत्रिएका जनताहरु बालुवाटार छिरेर निवास कब्जा गरेका हुन् ।
बालुवाटार प्रवेश गरेका प्रदर्शनकारीहरु अहिले भित्र छिरेर आगजनी गरिरहेको छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिइसकेका छन् । उनी अहिले बालुवाटारबाट भागेका छन् ।
प्रधानमन्त्री भागेसँगै उनको सुरक्षामा बालुवाटार भित्र रहेका सुरक्षाकर्मीहरूले पनि बालुवाटार छोडेका छन् ।
फेसबुक प्रतिक्रियाहरु