शनिबार, भदौ २०, २०८२
  • होमपेज
  • Breaking News
  • देशमै राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नु मेरो सपना हो : गगन थापा
Breaking News

देशमै राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नु मेरो सपना हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमै राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्ने आफ्नो सपना रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससँग नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु भन्ने सपना हुनुपर्ने बताए ।

विज्ञापन

‘आजको नेपाली कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु। यसका निम्ति जे पनि गर्छु भन्ने हुनुपर्छ’, उनले भने, ‘मेरो लागि मुख्य कुरा यो हो अहिले। मेरो लागि सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन् ।’

विज्ञापन

उनले देशभरी पूर्वाधार बनेको थुप्रै कुराहरू बदलिएको पनि बताए । तर यो बदलिएको सँगसँगै मान्छेहरुको आकंक्षाहरु पनि बढेको थापाको भनाइ छ ।

देशमा अहिले ४०/५० हजार मान्छे भन्दा बढीले गुणस्तरको काम नपाएको र रोजगारी सृजना आफू प्रतिवद्ध पनि रहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस