वि.सं.२०८२ साल भाद्र २० गते । शुक्रबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–त्रयोदशी, ४९ घडी ४९ पला, रातको १ बजेर ४० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–श्रवण, ४३ घडी ४९ पला, बेलुकी ११ बजेर १६ मिनेट उप्रान्त धनिष्ठा । योग–शोभन, २१ घडी ३६ पला, दिउसो २ बजेर २३ मिनेट उप्रान्त अतिगण्ड । करण–कौलव, दिउसो १ बजेर ५० मिनेट उप्रान्त तैतिल, रातको १ बजेर ४० मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मकर । प्रदोष व्रत। मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । अनावश्यक साइनो गाँस्ने तथा बचन दिनेहरूबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरूले समयमा काम नगर्दिनाले महत्त्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्नेछ । राजनीतिज्ञ तथा उच्च पदमा बसेकाहरूको आलोचना बढ्नेछ । तर पनि पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहज बन्नेछ । पुराना समस्या पुनः दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केही समयको लागी बिछोड हुन सक्छ । तर पनि अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) औद्योगिक क्षेत्र तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यले साथ नदिने हुनाले दौडधुप नगर्नु होला । व्यापारमा भनेजस्तो आम्दानी हुने छैन । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला नहुन सक्छ । माया प्रेममा अविश्वास वा धोका हुनेछ । अध्ययनमा मन नजाँदा वा अल्छी गर्नाले नतिजा अरूले नै हात पार्नेछन् । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । तर पनि मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि आधुनिक कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । तर पनि असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम सङ्गत गर्नुहोला,बलजफती गर्दा समस्या आउन सक्छ । बन्धु बान्धवहरूसँग मनमुटाब बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ । ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । व्यापारबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाए पनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशङ्का गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन सकिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय राम्रो रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरू सहजै समाधान हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
फेसबुक प्रतिक्रियाहरु