अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ८०औँ विजय दिवसका अवसरमा सैन्य परेड चलिरहँदा त्यसमा सहभागी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनविरुद्ध आरोप लगाएका छन्।
ट्रम्पले उनीहरू दुवैले ‘अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको’ आरोप लगाएका हुन्।
सैन्य परेड सुरु हुनेबित्तिकै ट्रम्पले ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका छन्, ‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन भनिदिनुहोस्। उनीहरू दुवै अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्।’
उनले लेखेका छन्, ‘चीनको विजयका लागि धेरैजना अमेरिकी मरे। मलाई आशा छ- उनीहरूको बहादुरी र बलिदानका लागि उचित रूपमा सम्मान र सम्झना गरिनेछ।’
फेसबुक प्रतिक्रियाहरु