बुधबार, भदौ १७, २०८२
  • होमपेज
  • समाचार
  • गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते
समाचार

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

गोरखा,भदौ १७-

काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले  जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस