बिहिबार, भदौ ११, २०८२
  • होमपेज
  • समाचार
  • आज मिति २०८२ साल भाद्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
समाचार

आज मिति २०८२ साल भाद्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

चितवन, भदौ १२

वि. सं. २०८२ साल भाद्र १२ गते बिहिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

विज्ञापन

मेषः

विज्ञापन

यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । विपरीत लिङ्गीको साथ सहयोग प्राप्त हुनाले मन प्रसन्न रहला । धर्म, कर्म तथा दान पुण्यमा मन लाग्नाले देवता तथा पितृआशीर्वाद प्राप्त हुनेछ । शैक्षिक एवं आर्थिक क्षेत्रमा उन्नति प्रगतिको दिन रहेको छ ।

वृषः

व्यापार व्यवसायबाट फाईदा हुनेछ । साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । आफ्ना कामहरुबाट यथोचित लाभ मिल्नाले मन प्रशन्न रहने देखिन्छ । अड्किएका तथा थाती रहेका कार्यहरु पुनः लक्ष्यप्राप्ती तर्फ उन्मुख हुने छन् ।

मिथुनः

काम विग्रने खालको समय रहेको छ । व्यापार व्यवसायबाट सोचे अनुसारको आम्दानी देखिंदैन । यात्रा फलदायी हुनेछैन । विभिन्न सकारात्मक कार्यहरुको लागि धन तथा वैदिक श्रम खर्च हुनेछ ।

कर्कटः

परिवारका सदस्यहरु संग झगडा हुने योग छ । पेट सम्वन्धी समस्या आउन सक्नेछ । मन अस्थीर रहने हुनाले कुनै कार्य गर्नु अघि होस पुर्याउनु बुद्धिमानी हुनेछ । पारिवारिक समस्या सुल्झाउनमा नै दिन बित्ने देखिन्छ ।

सिंहः

साथिभाइ आफन्तहरुबाट पूर्णसहयोग मिल्नेछ । माया–प्रेममा सफलता मिल्नेछ । धन आर्जन गर्ने अवसर मिल्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । उद्योग र व्यापार व्यावसयबाट राम्रो फाइदा हुनेछ ।

कन्याः

प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ । नाक र घाँटिमा समस्या आउन सक्नेछ, विचार पु¥याउनु होला । अनावश्यक ठाउँमा धन खर्चहुने योग छ । अधिकार प्राप्तिका लागि अलिकबढि संघर्ष गर्नु पर्ने दिन रहेको छ ।

तुलाः

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । गरेका काममा सफलता मिल्नेछ । इच्छा अनुसारका कामकुरामा समय दिन पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रमा पनि आजको दिन राम्रो पक्ष हुन आउने छ ।

बृश्चिकः

कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुनेछ । अध्ययनमा रुचि घट्ने छ । मुद्दा मामिला आदिमा फस्न सकिने संभावना रहेको छ, परन्तु धैर्य गर्नुहोला, जीतभने तपाईंको नै हुने देखिन्छ ।

धनुः

आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रुवर्ग पराजित हुनेछन् । व्यापार व्यवसायमा शुभचिन्तकहरूको साथ मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

मकरः

आँटेका कामहरु पुरा हुनेछन् । पेशा तथा व्यवसाय सफल रहने छ । बैदेशिक बजारमा केही उतारचढाव हुनेछ । शैक्षिक एवं उद्योगव्यापार, व्यावसायमा उच्च सफलताको योग परेको छ ।

कुम्भः

आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्नेछ । मनमा धार्मिक भावना प्रवल रहेको छ । अध्ययनमा त्यति रुचि जाग्ने छैन । फाइदा सामान्य भए पनि तारिफयोग्य कामको थालनी हुनेछ ।

मीनः

पठन पाठनमा रुचि घट्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । रोकिएका काम दोहोराएर प्रारम्भ गर्दा सफलता मिल्नेछ । प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस