सोमवार, भदौ ८, २०८२
  • होमपेज
  • समाचार
  • एमाले खोटाङले गर्‍यो पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने निर्णय
समाचार

एमाले खोटाङले गर्‍यो पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने निर्णय

नेकपा (एमाले) खोटाङ जिल्ला कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने निर्णय गरेको छ।

एमालेको दोस्रो विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीले पारित गरेको अन्तरपार्टी निर्देशन अपानी १२को निर्णयलाई समर्थन गर्दै एमाले खोटाङले यस्तो निर्णय गरेको हो।
आगामी भदौ २० गतेदेखि २२ गतेसम्म एमालेको दोश्रो विधान महाधिवेसन हुँदैछ। त्यसका लागि एमालेले भदौ ५, ६ र ७ गते पालिका स्तरिय र भदौ ८ गते जिल्ला स्तरिय सुझाव संकलन  कार्यक्रम तथा सचिवालय बैठक आयोजना गरेको थियो।

विज्ञापन

विद्यान संशोधन प्रस्ताव माथिको छलफल तथा सचिवालयको बैठकको क्रममा एमालेका बहुसंख्यक नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति पद नेपालको सन्दर्भमा गणतन्त्रको प्रतीक भएकाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनितिमा फर्कन नहुने सुझाव पेश गरेका थिए।

विज्ञापन

दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमाले खोटाङका अध्यक्ष देवविक्रम राईले केन्द्रीय कमिटीले पठाएको ‘अपानि–१२’लाई उपयुक्त ठहर गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नहुने सुझाव दिने निर्णय जिल्ला कमिटी खोटाङले गरेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध व्यापक आक्रमण र घेराबन्दी गर्ने प्रयत्न गरिएकाले उक्त आक्रमणलाई निस्तेज गर्न नेतृत्वको रक्षा गर्नु नेता तथा कार्यकर्ताको दायित्व भएको विज्ञप्तिमा उल्लेख गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस