आइतवार, भदौ ७, २०८२
  • होमपेज
  • समाचार
  • लुम्बिनीका ६ जिल्लामा आज सार्बजनिक बिदा
समाचार

लुम्बिनीका ६ जिल्लामा आज सार्बजनिक बिदा

बुटबल । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्बजनिक बिदा दिएको छ ।

 

विज्ञापन

थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो ।

विज्ञापन

थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

 

यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ। यो पर्व पश्चिममा थारू समुदायले भब्यताका साथ मनाउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस