बुधबार, भदौ ३, २०८२
  • होमपेज
  • समाचार
  • आज मिति २०८२ साल भदौ ४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
समाचार

आज मिति २०८२ साल भदौ ४ गते बुधबार, यस्तो छ तपाईको राशिफल

चितवन, भदौ  ४ –

वि.सं. २०८२ साल भदौ ४ गते बुधबार

विज्ञापन

मेषः

विज्ञापन

आज कर्मयोगले नयाँ मोड लिनेछ । पुरानो धन र कर्मको लाभ मिल्ने योग छ । पुस्तौली सम्पत्तिबाट आर्थिक कारोबारमा सहयोग मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर मिल्नेछ ।

वृषः

आर्थिक कारोबार समेत अर्थपूर्ण रहन सक्नेछ । परिश्रम गर्ने दिन जुरेको छ । अध्ययन अध्यापनको क्षेत्रमा चतुर्याईं बढ्ला तापनि मेहेनत गर्नुपर्ने छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्नेछन् । बोली र व्यवहारमा सजग रहनुहोला ।

मिथुनः

सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कान मात्र प्रशस्त हुनेछ । त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस् । दिन राम्रो बन्नेछ । अवसरको खोजी गर्ने दिन हो । आज सजिलै काम बन्नाले उत्साह जाग्नेछ भने सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कर्कटः

धन तथा सामान हराउन सक्नेछ, सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । अप्ठ्यारा कामको बोझ थपिन सक्नेछ । सेवामूलक कामले भने प्रतिष्ठा दिलाउने छ ।

सिंहः

ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पढाइ लेखाइमा प्रगति हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ ।

कन्याः

पुनर्मिलनको योग रहेको छ । श्रमको उचित मूल्याँकन हुनेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

तुलाः

आज लाभ हानी दुवै बराबर रहने योग छ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । कृषि र पशुधनबाट मनग्य लाभ उठाउन सकिनेछ । तर बेकामको क्षेत्रमा ब्यय हुनसक्छ, सावधानीपूर्वक लगानी गर्नु राम्रो पक्ष हुनेछ ।

बृश्चिकः

आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्नेछ । घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धा समेत खुसी भएर आशीर्वाद दिने समय हो । क्यारियर र पेशा प्रतिको नयाँ सोच सल्वलाउन सक्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।

धनुः

आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनु पर्ने देखिन्छ । नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटा खुल्न सक्नेछ । जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेम जीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ ।

मकरः

प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ । आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन । कार्य गर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन् भने धनजनमा वृद्धि हुनेछ ।

कुम्भः

कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ । जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । पढाइलेखाइमा खासै मन नजाने देखिन्छ । नसोचेको ठाउँमा धनको नाश हुनसक्ने समय छ, होसियारी अपनाउनु होला ।

मीनः

आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ । आँटताकेको कुनै काम रोक्नुपर्ने हुनेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्नेछ । नयाँ लगानीका लागि उपयुक्त समय छैन । आजको दिन अपजसिलो पनि देखिन्छ, जागिर तथा नोकरीमा विशेष होसियारी अपनाउनु हितकर हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस