Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • यौनजन्य क्रियाकलापको आरोपमा चितवनका होटलबाट २० जना पक्राउ
समाचार

यौनजन्य क्रियाकलापको आरोपमा चितवनका होटलबाट २० जना पक्राउ

भरतपुर,भदौ १। चितवनका विभिन्न होटलमा प्रहरीले छापा मारेको छ । आइतबार भरतपुर र नारायणगढ क्षेत्रका विभिन्न होटलमा छापा मारेर यौनजन्य क्रियाकलापमा संलग्न भएको आशंकामा २० जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार पक्राउ पर्नेमा ११ जना महिला र ९ जना पुरुष रहेका छन । विभिन्न होटलबाट सञ्चालक र कामदारका रुपमा कार्यरतलाई नियन्त्रणमा लिइएको खनालले बताउनुभयो ।

विज्ञापन

आइतबार ३ बजेदेखि ५ बजेसम्म विभिन्न होटलहरुमा छापा मारिएको थियो । सो क्रममा जिल्ला र वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी खटिएका थिए । नियन्त्रणमा रहेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस